Tuesday, October 4, 2016

आज्कल सरिर्मा जोश छैन
कुनै कुराको नि होश छैन । ।

बहिर सब सग्लै देखिन्छ
भित्र नगलेको कोश छैन ||

तिमी सुन्दरी अत्ती सुन्दरि
मन पर्नु मा मेरो दोश छैन । । |

बग्ने लाई त खोलै बग्छ यहा
आफुलाइ थोरै ओश छैन । ।

अ्मर दिप घिमिरे
बबरमहल काठ्माडौं
जीन्दगि लामो छ केहि त सोच्नु पर्ला
बत्तीस लक्षण युक्त एउटी खोज्नु पर्ला
बिचलित भाको छुइन केहि गर्छु अझै
संसारकै सवै भन्दा राम्री रोज्नु पर्ला||

अ्मर दिप घिमिरे
बबरमहल काठ्माडौं
३० आसाढ २०७१

Tuesday, February 23, 2016

"हो उ मलाइ प्रेम गर्छे "


किनकि म स्वतन्त्र छु अनि उ बन्दि
श्वार्थि छे उ
केबल मेरो खुशिका लागि हजार खुशि हरुको बलि दिन तयार

उ हरेक साझ मेरो प्रतिक्षामा आफ्ना रहरहरुसँग जुध्छे
अनि म उस्का रहरहरुमा कुठारापात गर्छु
किनकि म सालिन छु अनि उ धुर्त

मेरो एक शब्द जबाफको पर्खाईमा उ कैयौ रात अनिदो बस्छे
अनि म पुरुषार्थको मिठो निद सुत्छु
किनकि म नम्र छु अनि उ पत्त्थर

मेरो एक मुष्कानका लागि उ पिडाका अनगिन्ति सागरमा पौडि खेल्न तयार हुन्छे
अनि जबाफमा म अनपेक्षित घृणा मुष्कुराउछु
किनकि म मौन छु अनि उ पागल

मेरो एक शन्तुष्टिका लागि उ पटक पटक बलात्कृत हुन्छे
अनि म पुरुषार्थले उश्को कौमार्य लुट्छु
किनकि म पुरुष हुँ अनि ऊ नारी

एक बचन प्रेमका लागि ब्यग्र छे उ, अलाप बिलापका गित गाउछे
अनि म बेवाश्ताको तेल कानमा हालेर बस्छु
किनकि उ ब्याकुल छे अनि म तृप्त

सजाय सँग डराउदिन ऊ तयार छे हर बाधा अड्चन सहन
अनि म बाहुल्यताको ठाडो ऊर्दि जाहेर गर्छु
किनकि ऊ गुनेगाहर छे अनि म न्यायधिष

श्वर्गिय सुख माग गर्छे ऊ मेरा लागि
नर्कको आशन सजाउदैछु म
किनकि घृणाले टिलपिल छु म
अनि ऊ प्रेम गर्छे मलाइ  अनि उ प्रेम गर्छे मलाइ।।

(c) अमर दिप घिमिरे
टुकुचा काभ्रे