Sunday, December 7, 2014

बार्तालाप



त्यो दिन अलि फरक थियो सधै भन्दा । लगातार तिन दिन देखिको  झरिले गर्दा मौसम पुरै चिसो थ्यो । भारतमा आएको हुड हुड आधिको प्रभाब नेपाल मा पनि बाक्लै थ्यो ।आज अफिस बाट अल्ली छिट्टै निस्किए, बाहिर झरी परिराथ्यो ,मैले छाता ल्याउन बिर्सेछु(खास मा म सङ छाता नै थिएन ।मेरो छाता अन्जुले लगेकी थिइन । अन्जु मेरी कलेजकी साथी हुन ।हामी सङै पढ्छौ ।) म र पुनम सङै निस्कियौ उन्कै छाता मा ओत लाग्दै ।(पुनम अफिस कलिग हुन्)अफिस बाट निस्किएर बस चढ्न पुतलिसडक तिरा लाज्ञौ ।पुनम सङ बिदा भएर म बस कुर्दै बसिराको थिए(नेपाल यातायात्) । एकै छिन मा एउटाअ बस आयो,निकै खचाखच थियो,म नचढ्ने निस्चय गर्दै बसेको थिए । हठात मेरा आखा जुध्न पुगे, तिनै परिचित आखा सङ । उन्ले स्वागत को मुस्कान मुस्कुराइन ।म त्यही बस चढ्न पुगे । बसको त्यो भिड्भाड पन्छ्यौदै म उनि भए तिरा लम्किए । एकै छिन मा हामी नजर नजर बार्तालाप गर्न थाल्यौ । यो हाम्रो चौथो भेट हो । हामी यस अघी तिन पटक यस्तै भेट गरिसक्यौ र एक पटक सानो कफी भेट्घाट गरिसक्यौ ।तर हाम्रो परिचय मात्र आखा आखा बिच हो ।बार्तालाप कै क्रम मा हाम्रो स्टेसन आइपुज्ञौ ।सङै उतृयौ ।हामी दुबै बबरमहल बस्छौ । उन्ले यस अघिको भेट मा भनेकी थिईन । हनुमान्स्थान बाट बबर्महल सम्म हामी दुइ कुराकानी गर्दै गयौ ।उन्ले बानेश्वोर क्याम्पस मा बि बि एस तेस्रो बर्समा पढ्दै गरेको अनि नक्साल मा एउटा ट्राभल एजेन्सी मा काम गर्ने कुरा बताइन । सङ जादा उन्ले आफ्नो नाम तृप्ती अधिकारी भएको बताइन । अनि छुट्ने बेला गुड्बाइ को हात हल्लाइन । उनि सङ छुटेर घर पुगे । ल्याप्टप अन गरे , फेसबुक खोले,सर्च विन्डो मा उन्को नाम टाइप गरे, प्रोफाइल भेटियो,सरर उन्को प्रोफाइल हेर्दै गये , अन्त्यमा उन्को रिलेसन्सिप स्टाटस इन अ रिलेसन्सिप पनि देखियो,मेरो उत्साह र उत्सुक्ता मा तुसारापात भयो । म छागा बाट झरेर बास्तबिकता मा आइपुगे । मैले एड फ्रेन्ड बट्न क्लिक गरिन ।र एक्पट्क मुस्काए । सायद त्यही दिनदेखी मैले मेरो उपनाम अतृप्त लेख्न थाले मलाइ याद भएन । ।