Wednesday, October 8, 2014

अनायसै रिसाएर झर्केको मनपर्छ
नहेरेझै कर्के नजर तर्केको मन पर्छ।।
कत्ती पनि सुहाएन थाइ कट अनि ब्वाइज कट
कपाल त लरक्क लर्केको मनपर्छ।।
हासेर बोल्नु त गहना हो मान्छे को
गम्किएर ठुस्स उता फर्केको मनपर्छ।।
अमर दिप घिमिरे
टुकुचा ५,काभ्रे
असोज १६ २०७१
कुकुरको जस्तो जिन्दगी बाच्दै छ
आफुले आफुलाइ हरदम ढाट्दै छ।।
हिजो सम्म को आमाको पियारो
आज स्वास्नी को तलुवा चाट्दै छ।।
बाचुन्जेल एक छाक पिठो खान दिएन
श्राद्द मा खिर ,पुरी हलुवा बाडदै छ ।।
जिन्दगी सुख्खा बगर भैसक्यो
किनारा छुने रहर आट्दै छ ।।
अमर दिप घिमिरे
टुकुचा ५काभ्रे