Wednesday, July 22, 2015

प्रस्न मात्र सोध्छौ उत्तर कहा छ
मलाइ थाहा छैन साएद जाच्ने लाई थाहा छ । । ।
ज्ञान जत्ती बाड्यो तेत्ती बड्छ रे । ।साच्ची ?
आफु त अज्ञानी सायेद बाड्ने लाई थाहा छ । । ।
ना आटी त केइ काम पुरा हुन्न रे । । ।सही कुरो
आफु त दर्‍पोक सायेद आट्ने लाई थाहा छ । । ।
कसैले नदेखेको भग्वान ले देख्छन रे । ।लौ अचम्म
आफु त नास्तिक सायेद धोग्ने लाई थाहा छ । । ।
उता कुरो लुक्या लुक्यै छ
एता मन दुख्या दुख्यै छ । ।
कस्तरी निदाउन सक्या होला, कुम्भ्कर्ण्
एता कुकुर भुक्या भुक्यै छ । ।
मिठो खाउ मस्त मोटाउ, कती सजिलो
एता ज्यन सुक्या सुक्यै छ । ।
असार बितिसक्यो बाली लाको छैन, के खानु
एता कुलो सुक्या सुक्यै छ । ।
मलम पट्टी गरिदिने नि कोही भयेन, कठै बरा
एता घाउ दुख्या दुख्यै छ । ।
सानो प्रयाश
एक तर्फी माया गर्नु को फल हो यो
त्याग तपस्या हैन माया, बस एक छल हो यो । ।
तिमिले सोच्यौ होला बाग्मती को पानि
मात्र पानी हैन माया, पबित्र जल हो यो । ।
पस्न जत्ती सजिलो उम्कन तेत्ती गारो
तलाउ हैन माया, भिषण दल्दल हो यो । ।
उम्कने पुगिहाल्छ फस्ने चै तेही को त्यहि
गन्तब्य हैन माया, मात्र अल्मल हो यो । ।
तिम्रा लागी त हजार आउलान खुसिका दिनहरु
मेरा लागी त माया, अबिस्मरणिय पल हो यो । ।
एउटा छाड्यो आर्को पक्ड्यो सधैको होड्बाजी
असली हैन माया, कच्चा कम्सल हो यो । ।
अ्मर दिप घिमिरे
बबरमहल काठ्माडौं
३० आसाढ २०७१