Wednesday, July 22, 2015

एक तर्फी माया गर्नु को फल हो यो
त्याग तपस्या हैन माया, बस एक छल हो यो । ।
तिमिले सोच्यौ होला बाग्मती को पानि
मात्र पानी हैन माया, पबित्र जल हो यो । ।
पस्न जत्ती सजिलो उम्कन तेत्ती गारो
तलाउ हैन माया, भिषण दल्दल हो यो । ।
उम्कने पुगिहाल्छ फस्ने चै तेही को त्यहि
गन्तब्य हैन माया, मात्र अल्मल हो यो । ।
तिम्रा लागी त हजार आउलान खुसिका दिनहरु
मेरा लागी त माया, अबिस्मरणिय पल हो यो । ।
एउटा छाड्यो आर्को पक्ड्यो सधैको होड्बाजी
असली हैन माया, कच्चा कम्सल हो यो । ।
अ्मर दिप घिमिरे
बबरमहल काठ्माडौं
३० आसाढ २०७१

No comments:

Post a Comment