Monday, March 27, 2017

मोबाइल पात्र

"मोबाइल पात्र "
अलार्म को बेसुरो आवाज़ संगै जुरुक्क उठी , तंद्रामा झिपझिप आँख़ा खोल्दइ, नित्यकर्म  भन्दा पहिले नै ,खोजी कार्य सुरू हुन्छ । मुख धोई पख़ालि सकेपछि चियाको मिठो चुस्की संगै एक्छिन साक्ष्यात्कार, मानौ चिया मा भन्दा बेशि मज़ा त्यो भेंट मा छ । त्यसपछि भान्शा को रेसिपी हुदै, लंच टेबल मा आएर रोकीन्छ, अनी चालू हुन्छ बार्तालाप । अफ़िस पुग्ने बाटोको समय पनी त उपयोग गर्नु पर्यो । अब प्रतिस्पर्धा सुरू हुन्छ , आफनै साथीभाई, कलिग बीच । तेरो ठूलो की मेरो ? ब्राण्ड का कुरा पनी निस्किंछन, हल्का फेरबदल त भै हालछन नी , हात का औला त एकनाश हुन्नन ! जाबो मानिष ले बनाएको एक प्रयोग को साधन । हैकमदारहरू प्रसंशा का उर्दी जाहेर गर्न पनी पछी पर्दैनन । ठुलै मुठभेड़ पछी आफ़्ना आफ़्ना गन्तब्य का लागी रबाना हुन्छन । अब पालो कार्यालय को !
दैनिक कार्यमा प्रयोग हुने ईमेल देखी लिएर सोसियल मीडिया सम्म को प्रयोग का लागी प्रस्तुत हुन्छ ऊ । लाइक कॉमेंट को भारी बोक्छ !
बिभिन्न अबसर मा फोटो र सेल्फ़ी क़ैद गर्न पनी ऊ पछी पर्दैन !
आजकल त मानौ फ़ेशन चल्या छ प्रयोग को
उठ्दा सूतदा, बाथरूम जड़ा , यात्रा गर्दा , समारोह अफ़िस कलेज स्कूल जताततै अनिबार्य छ ऊ ।
नहोस पनी किन बिसेसता त्यस्तै छ उस्को !
न कहिले रिसाउछ न झर्को मान्छ , जस्तो अबसर त्यस्तै आकार मा परिणत हुन्छ ,
न प्रयोग हुन डराउछ , न हराउने चिन्ता !
हराएनी के को पीर बाज़ार मा एक से एक नया मोडल छ्यासछ्यासती उपलब्ध छ !

No comments:

Post a Comment